
तिलोत्तमा सिटी २०८१ साउन ३ गते। लुम्बिनी फोटोग्राफर संघ,रुपन्देहीले आफ्नो कार्यसमिति र सल्लाहकारहरुका लागि उद्घोषण तथा भाषणकला र बैठक सञ्चालन एवम् माईन्यूट लेखन सम्बन्धि तालिम विहिवारदेखि बुटवलमा सुरु गरेको छ । नेतृत्व बिकासका लागि बोल्ने कला शैली र बैठक ब्यबस्थापनमा सहजता ल्याउने उदेश्य सहित तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गर्नेछन् ।
बिहिबार तालिमको उद्घाटन सत्रमा प्रथम उपाध्यक्ष माधव पन्थले सहभागी सबैलाई स्वागत गर्नुभएको थियो भने संघका अध्यक्ष दिनेश अर्यालले सभापतिको तर्फबाट बोल्दै तालिम फलदायी र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको थियो। संघका अध्यक्ष अर्यालले सहि ठाउँमा सहि तरिकाले बोल्ने कला सिकाउन यो तालिम आयोजना गरिएको बताउनु भयो ।उहाँले बार्षिक कार्यतालिका अनुसार संघका पदाधिकारी एबम सदस्यहरुलाई सो तालिम दिईएको र तालिम सैद्धान्तिक,अन्तक्रियात्मक र प्रयोगात्मक हुने बताउनुभयो। तालिमको उद्घाटन कार्यक्रमको संचालन संघका महासचिव त्रिभुवन पाण्डेयले गर्नुभएको थियो।तालिममा २५ जना फोटोग्राफर सदस्यहरु सहभागी रहेका छन् ।
कमेन्ट गर्नुहोस्