लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

क्युआरबाट अब भारतसहित थाइल्याण्डलगायतका देशमा पनि भुक्तानी गर्न सकिने

tillotmacitynews - 2024 Jul 10 05:18 PM
IMG

तिलोत्तमा सिटी, २०८१,असार २६ गते । अब क्युआरबाट भारतसहित थाइल्याण्डलगायतका देशमा पनि भुक्तानी गर्न सकिने भएको छ। यसको लागि राष्ट्र बैंकले नियम बनाएर अनुमति दिइसकेको गभर्नर महाप्रसाद अधिकारीले बताए। 'नेपालीले भारतमा क्युआरबाट भुक्तानी गर्न सक्ने गरी भुक्तानी प्रदायकहरूलाई काम गर्न भनिसकेका छौं,' गभर्नर अधिकारीले भने, 'उहाँहरूले प्रणाली इन्टिग्रेसन गरिरहनु भएको छ। यसबाहेक अन्य मुलुकमा पनि भुक्तानी गर्न सक्ने भएका छन्।' गभर्नर अधिकारीले उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा सुझाव दिने उद्देश्यले आयोजित कार्यक्रममा यस्तो बताएका हुन्।


उनले अलि पे, लंका पे मार्फत पनि कारोबार गर्न सकिने गरेर स्वीकृति दिइएको उनले बताए। अलि पे मार्फत चीन, सिंगापुर, थाइल्याण्डमा र लंका पे मार्फत् श्रीलंकामा भुक्तानी गर्न सकिने उनले जानकारी दिए।

कमेन्ट गर्नुहोस्