लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली पात्रोको गुगल प्लेस्टोरमा एक करोड डाउनलोड पूरा

tillotmacitynews - 2024 Jul 09 02:17 PM
IMG

तिलोत्तमा सिटी, २०८१,असार २५ गते । नेपाली पात्रोले गुगल प्लेस्टोरमा एक करोड डाउनलोड पूरा गरेको छ । नेपाली पात्रोका आशिष कार्कीले नेपाली तिथी, मिति, पात्रो, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव/पर्वहरु, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको जानकारी दिनुभयो ।


नेपाली पात्रोमा रेडियो, समाचार, वैदिक पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता जीवनलाई आवश्यक पर्ने दर्जन बढी सुविधाहरु समावेश गरिएको उहाँको भनाइ छ । साथै  नेपालका लोकप्रिय समाचार स्रोतबाट निरन्तर समाचार अपडेट गर्ने नेपाली पात्रो गुगल प्लेस्टोरमा ४.३ स्टार रेटिङ्गसाथ लोकप्रिय भएको देखिएको उहाँ बताउनुहुन्छ । नेपालका चार सयभन्दा बढी लोकप्रिय रेडियोहरूबाट सूचना, जानकारीमूलक तथा मनोरञ्जनात्मक सामग्री सुन्न सकिने समेत नेपाली पात्रोका कार्की जानकारी दिनुभयो ।


विनिमयदर, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ, आदि जस्ता दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको सङ्ख्या पनि उल्लेख्य छ । दैनिक १० लाख बढी सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या १ करोड माथि रहेको छ । नेपालमा पहिलो पटक, नेपाली रेडियोबाट प्रसारित हुने कार्यक्रमहरू नेपाली पात्रोमा स्रोता मित्रहरूको समय अनुसार सुन्न सकिन्छ । सम्बन्धित रेडियोको पछिल्लो ४८ घण्टाका कार्यक्रमहरू नामसहित अडियोमा उपलब्ध हुने जानकारी नेपाली पात्रोले दिएको छ । यसका लागि, नेपाली पात्रो डाउनलोड गरेर रेडियो फिचरमा सम्बन्धित रेडियोको पेजमा छुटेका तथा प्रसारित कार्यक्रमहरूको नाम तथा प्रसारण समय उपलब्ध छ ।


नेपाली पात्रोमा देशका प्रमुख १५० भन्दा बढी अनलाइन न्यूजपोर्टल र ३५० भन्दा बढी रेडियो समेत जोडिएका छन् । नेपाली पात्रो नेपालको सबभन्दा धेरै सञ्चार नेटवर्क भएको नेपाली एप्लिकेसन भएको उहाँले बताउनुभयो । हालै सर्वाधिक लोकप्रिय केवल डिस्ट्रिब्यूसन नेटवर्कट नेट टिभिमा पनि नेपाली पात्रोमा उपलब्ध रेडियो सुन्न मिल्ने सुविधा सार्वजनिक गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्