लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एसईई उत्तिर्ण विद्यार्थीलाई दुर्गादत्त माविको सम्मान तथा बधाई

IMG

तिलोत्तमा, असार १८ गते २०८१। शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा २ ले SEEपरिक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि २०८० सालको एसईई परिक्षामा आफ्नो बिद्यालयबाट राम्रो नम्बर ल्याउने तथा उत्तीर्ण सम्पुर्ण बिद्यार्थीलाई बधाई तथा उज्वल भबिस्यको शुभकामना दिएको हो।


कार्यक्रम बोल्ने बक्त्ताहरुले राम्रो नम्बर ल्याएर पास हुने बिद्यार्थीलाई बधाई दिदै आगामी शैक्षिक भबिस्यको शुभकामना दिनुभएको थियो ।  यस बर्ष बिद्यालयमा उच्चतम ग्रेड ३.८७ सहित ३ जनाले ए प्लस, ८ जनाले ए, २० जनाले बि प्लस र ८ जनाले बि गरि ३९ जना विद्यार्थी उत्तीर्ण भएको भएको त्यहाँ बाट शिक्षक कृष्ण पन्थीले जानकारी दिनु भएको छ । 


 तिलोत्तमा नगरपालिका वडा नम्बर-२ का वडाध्यक्ष डिलबहादुर भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ कडेलको अध्यक्षता , प्रधानध्यापक चण्डी प्रसाद पाण्डेयको स्वागत, सह- प्रधानध्यापक प्रकाशलाल श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

कमेन्ट गर्नुहोस्