लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा–११ कालिकास्थानमा प्रथम व्यापार तथा सांस्कृतिक महोत्सव शुरु

IMG

तिलोत्तमा, असार १६ गते २०८१। तिलोत्तमा–११ कालिकास्थान रुपन्देहीमा प्रथम व्यापार तथा सांस्कृतिक महोत्सव शुरु भएको छ । स्थानीय कला, संस्कृतिको विकास गर्न र व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको कालिका टोल विकास समितिका अध्यक्ष राजेन्द्र मल्लले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको हो । उहाले महोत्सवमा कालिकास्थान डान्स आईडल समेत राखिएकाले यसबाट लुकेर रहेका स्थानीय प्रतिभा बाहीर आउने  विश्वास ब्यक्त गर्नुभयो । 


कालिका टोल विकास समितिको आयोजनामा हुने सांस्कृतिक महोत्सवमा ज्योती मगर, शान्तिश्री परियार, बद्रि पंगेनी, दुर्गेश थापा, समीक्षा अधिकारी, खुमन अधिकारी, अस्मिता डल्लाकोटी, रमेशराज भट्टराई, मञ्जु भट्टराईलगायत  दजनौं चर्चित कलाकारले आ–आफ्नो प्रस्तुती देखाउने आयोजकको भनाई छ ।कालिकास्थान डान्स आइडलको बिजेतालाई नगद पुरस्कार समेत राखिएको मल्लले जानकारी दिनुभयो । महोत्सवमा बाल उद्यानका अतिरिक्त विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने साथै विभिन्न व्यापारिक स्टलहरु समेत महोत्सवमा राखिने भावना एम्युजमेन्ट प्रालिका संयोजक अजय बुढाथोकीले बताउनुभयो ।


महोत्सवका लागि १०० रुपियाँ प्रवेश शुल्क राखिएको र विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० प्रतिशत छुट उपलव्ध गराइने महोत्सव कार्यक्रमका अध्यक्ष गणेश खत्रीले बताउनुभयो ।पत्रकार सम्मेलनमा महोत्सवमा सहकार्य गरेका एनवी श्रेष्ठले महोत्सवबाट संकलित रकमको निश्चित प्रतिशत सामाजिक काममा खर्चिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । जेष्ठ १६ गते आइतबार साँझदेखि सुरु हुने महोत्सव असार २७ गतेसम्म चल्नेछ । महोत्सव हरेक दिन साँझ ६ बजेदेखि राति १० बजेसम्म रहनेछ । 

कमेन्ट गर्नुहोस्