
तिलोत्तमा सिटी २०८१,असार १२ गते । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको लागि ल्याएको बजेट पास गर्ने तयारी छ । आज बस्ने प्रदेश सभा बैठकमा अर्थमन्त्री चेतनारायण आचार्यले आर्थिक विधेयकलाई पारित गर्ने प्रस्ताव लैजाने कार्यसूची रहेको छ। सोमबार र मङ्गलबार मन्त्रालयगत रूपमा बजेटमाथिको छलफल भएको छ भने केही मन्त्रालयको आज पहिलो बैठकमै छलफल सकेर आर्थिक मामिला मन्त्रीले त्यसको जवाफ दिने अनि आर्थिक विनियोजन पास गरेर बजेट पास गर्ने तयारी छ ।
यस अघि हिजो सामाजिक विकास मन्त्री रत्नबहादुर खत्री कृषि मन्त्री अहिरलाल भण्डारीले जवाफ दिएका थिए ।
कमेन्ट गर्नुहोस्