लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बढ्यो सेयर बजार, फाइनान्समा गिरावट

tillotmacitynews - 2024 Jun 25 06:07 PM
IMG

तिलोत्तमा सिटी, २०८१,असार ११ गते । मंगलबार सेयर बजारको परिसूचक नेप्से २०७१ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५.६ अंक बढेको हो । नेप्से बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब ७ करोडको कारोबार भएकोमा आज ४ अर्ब १८ करोडमा खुम्चियो । १५१ कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने ८ को स्थिर रह्यो । अघिल्लो दिनसम्म उच्च दरले बढेको फाइनान्स समूह सूचक आज भने २.१५ प्रतिशत (५४ अंक) घट्यो । त्यस्तै बैंकिङ ५, निर्जीवन बीमा २३, अन्य ०.२ र व्यापार समूह ५ अंक घटे ।


माइक्रोफाइनान्स १५, उत्पादन २५, जीवन बीमा ५५, हाइड्रोपावर ३०, होटल तथा पर्यटन ५८ र विकास बैंक समूह १३ अंक बढे । मकर जितुमाया हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । न्यादी हाइड्रोपावरको ८.६, अपरसोलुको ७.५, चिरख्वा हाइड्रोपावरको ६.६, सिक्लेस हाइड्रोको ६.६, हाथवे इन्भेस्टमेन्ट कम्पनीको ६.६, भूगोल इनर्जीको मूल्य ६.४ प्रतिशत बढ्यो । साधना लघुवित्तको १०, गुडविल फाइनान्सको ३.७, जानाकी फाइनान्सको ३.६ तथा शिवश्री हाइड्रोको ३.५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा आरएसडीसी, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, पोखरा फाइनान्स र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

कमेन्ट गर्नुहोस्