लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा अपाङ्गता भएका महिलाको लागि कानुनि साक्षरता तालिम सम्पन्न

tillotmacitynews - 2024 Jun 24 06:45 PM
IMG

तिलोत्तमा सिटी,२०८१ असार १० गते। तिलोत्तमा ड्राईभरटोलमा अपाङ्गता महिलाको लागि कानुनि साक्षरता तालिम सम्पन्न भएको छ।एक्सेस प्लानेटको आयोजना र युएसएआइडि, द एसिया फाउन्डेसनको सहयोगमा उक्त कार्यक्रम भएको हो।  


तालिममा तिलोत्तमा र बुटवलका २३ जना अपाङ्गता भएका महिलाहरुको सहभागिता रहेको थियो। तालिममा अपाङ्गता भएका महिलाले आफ्ना सवालमा कसरी पैरवी गर्ने, पैरवीका सवालहरुलाई कुन कुन माध्यममा कसरी तयार गर्ने र कसरी यी सवाललाई सरोकारवाला समक्ष प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको थियो । साथै आफ्ना सवालहरुलाई सरोकारवाल समक्ष पुर्‍याउन नेतृत्व विकासको आवश्यकता, नेतृत्वमा हुनुपर्ने गुण, सवालका लागि कानुनी ज्ञानको आवश्यकताका बारेमा सहभागीलाई जानकारी दिइएको थियो । अपाङ्गता भएका महिलाहरुलाइ उनिहरुका हक अधिकार तथा साक्षरता गराउन उक्त कार्यक्रम गरिएको  एक्सेस प्लानेट कि उपाध्यक्ष सृजना ढकालले बताउनुभयो। उनिहरुलाइ कानुनी प्रावधानहरुको जानकारी गराउने तथा हक अधिकार नपाएको खण्डमा जानुपर्ने सम्बन्धित निकायको बारेमा पनि बताइएको जानकारी दिनुभयो। 


अपाङ्गता महिलाहरुलाइ सरकार तथा स्थानिय तहबाट विभिन्न सेवा सुविधा प्रदान गरिएको हुन्छ,ति सेवा सुविधाको सुनिश्चितता गर्न सहयोग गरिएको एक्सेस प्लानेटका कार्यक्रम अधिकृत चुडामणि बुढा मगरले बताउनुभयो। कार्यक्रममा टिओटि तालिम लिएका पाँच सहभागिले कार्यक्रम सञ्चालनमा सरिक भएकाको उहाँले भन्नुभयो। तिन दिन सम्म चलेको उक्त कार्यक्रममा लिङ्ग र लैङ्गिकता , अपाङ्गताका आयाम ,महिलावाद, अपाङ्गता अधिकार आयाम र छलफल लगायतका शिर्षकमा अन्तरक्रिया गरिएको थियो। 



कमेन्ट गर्नुहोस्