लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी फोटोग्राफर संघको शाखाहरुमा आधारभूत फोटोग्राफी तालिम सम्पन्न

IMG

तिलोत्तमा, असार ९ गते २०८१। आफ्नो शाखागत रुपमा रुपन्देहीका विभिन्न क्षेत्रमा लुम्बिनी फोटोग्राफर संघको आयोजनामा आधारभूत फोटोग्राफी तालिम सम्पन्न भएको छ। संघको आयोजनामा रुपन्देहीको सिद्धार्थनगर भैरहवा, बुटवल, सैनामैना र शुद्धोदन गाउपालिकामा सो तालिम संचालन भएको संघका अध्यक्ष दिनेश अर्यालले जानकारी दिनुभयो।आफ्नो बार्षिक कार्ययोजना मार्फत सो तालिमको आयोजना गरेको संघका अध्यक्ष अर्यालले बताउनुभयो। 


शनिबार भैरहवामा केन्द्रिय अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले उद्घाटन गर्दै फोटो ग्राफी पेशा लाई थप मर्यादित र व्यवसायिक बनाउन सबैले मिलेर लाग्नु पर्ने बताउनुभएको थियो। फोटोग्राफी पेशालाई अझै परिस्कृत गर्दै लैजान र यस पेशाको गरिमा बढाउन सबैको सहयोग अपरिहार्य रहेको केन्द्रिय अध्यक्ष उपाध्यायले बताउनुभयो।तालिममा फोटोग्राफीमा कार्यरत नयाँ र केहि पुराना ३७ जना प्रशिक्षार्थीहरुलाई तालिमका प्रशिक्षक मोहन महतोले दिनुभएको थियो। तालिमलाई महासचिव त्रिभुवन पाण्डे लेखासमिति संयोजक दिपक पौडेल र सदस्य पूर्ण गुरुङले सहजीकरण गरेका थिए। कार्यक्रम एकदमै सान्दर्भिक र उपयोगी बनेको भन्दै संघका द्वित्तीय उपाध्यक्ष मनोज क्षेत्रीले आगामी दिनमा यस्तै रचनात्मक कार्यक्रम ल्याउन अधय्क्ष दिनेश अर्याललाई सुझाउनु भय। कार्यक्रमको संचालन सह सचिव गीता पंगेनीले गर्नुभएको थियो। 


त्यस्तै शुद्धोधन र सैनामैनामा समेत सो क्षेत्रका संयोजक सुरज भुसालको संयोजनमा तालिम भएको छ भने सो स्थानमा ३८ जना सहभागी थिए। संघका बरिष्ठ उपाध्यक्ष राम प्रसाद भण्डारीको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न सो तालिममा सैनामैना वडा नम्बर ४ का अध्यक्ष राम प्रसाद अधिकारी, संघका प्रथम उपाध्यक्ष माधव पन्थ, सैनामैना क्षेत्र संयोजक सुरज भुसाल, सदस्य सागर खनाल लगायतले बोल्दै तालिमले व्यवसाय र आफ्नो पेशामा थप कटिबद्ध र क्रियाशील एबम व्यवसायिक बनाएको बताउनुभएको थियो।  सो क्षेत्रमा संचालित तालिममा प्रशिक्षक मोहन महतोले तालिम दिनुभएको थियो भने, कार्यक्रमको संचालन संघका सचिव कमला घर्ती मगरले गर्नुभएको थियो। 


कमेन्ट गर्नुहोस्