लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बिधिवतरुपमा नेपाल फोटोग्राफर महासंघको दर्ता सम्पन्न, देशभर शाखा खुल्दै

IMG

तिलोत्तमा, असार ७ गते २०८१।  नेपालका फोटोग्राफरहरुको छाता सस्थाका रुपमा २०७५ सालमा स्थापना गरिएको नेपाल फोटोग्राफर महासंघ तदर्थ समितिले पुर्णता पाउदै नेपाल फोटोग्राफर महासंघको आधिकारीक दर्ता प्रमाणपत्र प्राप्त गरेको छ ।२०७५ सालमा बुटवलमा भएको देशैभरिका फोटोग्राफरहरुको भेलाले महेन्द्र प्रसाद चापागाई संयोजकका रुपमा अगाडी सारेको थियो भने बरिष्ठ उपाध्यक्षमा चितवनवाट श्रीराम कंडेल , उपाध्यक्षमा दुर्गा प्रसाद पौडेल गण्डकीवाट बसन्त जोशी दाङ्गवाट महासचिव भवदेव थापा काठमाडौंवाट सचिव गणेश दंगाल दाङ्गवाट कोषाध्यक्ष तुलसीराम सुवेदी गण्डकी सदस्यहरुमा कमला तिवारी ल’म्विनी माधव पन्थ लुम्विनी दिनेश अर्याल लुम्विनी रहेका थिए भने बिधान समितिमा संयोजक महेन्द्र प्रसाद उपाध्यायको संयोजकत्व कमला पन्थ, लक्ष्मण गुरुङ, दिनेश अर्याल, माधव पन्थ र  दुर्गा प्रसाद पौडेल तुलसीराम स’वेदी रहेका थिए ।


सस्थालाई आधिकारिकता दिन कहिले ईटहरी कहिले बिरगञ्ज ,कहिले पोखरा, कहिले चितवन त कहिले दाड.मा अन्तरक्रियात्मक कार्यक्रर्म गर्दै महासंघलाई अन्तिम रुपमा आधिकारीकता प्राप्त गर्न सफल भएको महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले बताए । संस्था स्थापना हुनु संगै कोभिड आतंकले पनि महासंघलाई पुर्णता दिनमा ब्यवधान उत्पन्न गराएको बताउदै उपाध्यायले सवैको सकरात्मक साथ र सहयोगले यो संस्थालाई आधिकारिकता प्रदान गर्न सकिएको मा खुशि ब्यत्त गरे । साथै उनले महासंघ स्थापना गर्न खोज्नु फलामको चिउरा चपाउनु जस्तै रहेको बताए ।


देशका मेची देखि महाकाली सम्मका सातै प्रदेशका फोटोग्राफी ब्यवसायीका जिल्ला संघहरुकोे महासंघमा सहभागिता रहेको छ । देशको संघिय संरचना अनुसार महासंघ निमार्णका लागि सातै प्रदेशको सहभागिता अनिवार्य रहेको हुंदा संस्थालाई आधिकारीकता दिन का लागी केही बर्ष संघर्ष गर्न परेको संस्थाका कोषाध्यक्ष तुलसी राम सुवेदीले बताए ।

महासंघ भन्ने बिक्तिकै नेपालका ७७ वटै जिल्लाको प्रतिनिधित्व हुन जरुरी रहेको र सवै जिल्लामा फोटोग्राफी संघ नभएको हुंदा बिभिन्न समयमा जिल्ला जिल्ला पुगेर अन्तरक्रिया र समन्वय गर्दै अन्तिम रुप दिन सफल भएको सुवेदीले बताए ।

फोटोग्राफीको विकास, यसको सम्मानजनक ब्यवसाय तथा ब्यवसायीक एकता र अभिभावकत्वका लागि महासंघ अनिवार्य रहेको हुंदा फोटोग्राफरहरुको छाता संगठनका रुपमा लैजान स्थानिय तवरबाट नै लाग्नु परेको फोटोग्राफर महासंघका गण्डकी प्रदेश उपाध्यक्ष दुर्गा प्रसाद पौडेलले बताए ।


सस्थाले आधिकारिकता पाउनु अघि काठमाडौंैमा अन्तिम अन्तरक्रिया सम्पन्न गरिएकोे थियो । सो अन्तरक्रिया कार्यक्रमा पप्पु शाह मोरड., धु्रव सापकोटा चितवन, केशर बहादुर थापा सुर्खेत,कालिका प्रसाद रिमाल काठमाडौं, दिपेन्द्र बस्याल नपलपुर, बिष्णु प्रसाद भुषाल कर्णाली प्रदेश, कुलराज चौधरी सुदुर पश्चिम, जीवन ढुंगाना गण्डकी प्रदेश, जनकराज तिवारी पोखरा, भुवनराज जोशी कैलाली, दिनेश अर्याल लुम्बिनी, रामचन्द्र बेलवासे कपिलवस्तु, कमला पन्थ लुम्बिनी, मुकेश कुशवाह पर्सा लगायत का सदस्यहरुले महासंघले अव गर्नुपर्ने कुराका बारेमा आआफना धारणा राखेका थिए ।


त्यसै गरि संस्थाको आर्थिक बिकास कसरी गर्ने,खर्च तथा कोष ब्यवस्थापन कसरी गर्ने भन्ने कुराको बारेमा महासंघका कोषाध्यक्ष तुलसी राम सुवेदी आफ्नो योजना प्रस्तुत गरेका थिए भने महासंघका उपाध्यक्ष दुर्गा प्रसाद पौडेल बरिष्ठ उपाध्यक्ष श्रीराम कडेलले महासंघलाई छाता सगठनका रुपमा लैजान बिभिन्न किसिमका चुनौती हरुको सामना गद्र्रै जानुपर्ने भएको हुंदा कसैलाई काखा र कसैलाई पाखा नगरी महासंघलाई कुशल अभिभावक का रुपमा लैजान जरुरी रहेको बताए ।


महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायको सभापतित्वमा संचालन भएको कार्यक्रमको संचालन संस्थाका महासचिव दिगम्बरराज बंशीले संचालन गरेका थिए भने सहजिकरण सचिव गणेश दंगाल ले गरेका थिए ।अन्तरक्रिया पश्चात जिल्ला प्रशाशन कार्यालय काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको कार्यकक्षमा महासंघको आधिकारिक प्रमाण पत्र ग्रहण गर्दै सो कार्यलाई सहज बनाईदिने जिल्ला प्रशासन कार्यालय काठमाडौैलाई आभार सहित हार्दिक धन्यवाद प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्