
तिलोत्तमा, असार ६ गते २०८१। विश्व संगीत दिवसको अवसरमा बुटवलमा रहेको वागेश्वरी संगितालयले विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। कला , संगीतको संरक्षण र संगीतप्रतिको सकारात्मक शिक्षा दिनका लागि शुक्रबार एक विशेष समारोहको आयोजना गरि संगीतालयले विश्व संगीत दिवस मनाउन लागेको हो ।
कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले पानसमा बत्ती बाल्दै पृष्ठभूमिमा विश्व संगित दिवसकै अवसरमा संगीतालयले तयार गरेको गीत विद्यार्थीहरूले गाउँदै समुद्घाटन गरिएको थियो । कार्यक्रमको समुद्घाटन गर्दै उनले कला र संगीतलाई सबै मिलेर जोगाउनुपर्ने बताएका छन् । यसको संरक्षण र संवद्र्धनका लागि बुटवल उपमहानगरपालिकाबाट जति सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
हरेक बर्ष जस्तै यस बर्ष पनि नेपाल र नेपालीलाई विश्व संगीत दिवससँग प्रत्यक्ष जोड्नका लागि कार्यक्रमको आयोजना गरि संगीत दिवस मनाउने जमर्को गरिएको बागेश्वरी कला तथा संगीत एकेडेमी ( बागेश्वरी संगीतालय )का अध्यक्ष लालिमा श्रेष्ठले बताउनुभयो । सन १९८२ बाट यो दिवस विश्वका ३७ देशहरूसँगै नेपालका विभिन्न ठाउँमा मनाउने गरिएको र विगत २०५४ सालदेखि यस संगीतालयले पनि विविध सांस्कृतिक कार्यक्रम गरी यो दिवसलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो।
कार्यक्रममा संगितालयका प्रशिक्षक तथा थुप्रै विद्यार्थीहरूले गीत , नृत्य र लाइभ म्युजिकमा प्रस्तुति दिने कार्यक्रम रहेको संस्थाका व्यवस्थापक दावा शेर्पाले बताउनुभयो।शुक्रबार हुने कार्यक्रममा विभिन्न शास्त्रीय संगित र गायन प्रस्तुतिहरु राखिने उहाँको भनाई छ। कार्यक्रममा सांगीतिक मोह भएका विशिष्ट व्यक्तिहरू , अभिभावक , विद्यार्थीलगायतको उपस्थिति रहने आयोजकको अपेक्षा छ। विभिन्न समयमा संगितालयले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै गीत नृत्य र वाध्यवाधनमा उत्कृष्ट कलाकार उत्पादन गर्दै आइरहेको छ।
कमेन्ट गर्नुहोस्