लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नुवाकोटबाट बुटवल ओर्लदै गरेको कार दुर्घटना, तिलोत्तमाका २ सहित ३ जनाको मृत्यु

IMG

तिलोत्तमा, जेष्ठ ३० गते २०८१। तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । नुवाकोटबाट बुटवल झर्ने क्रममा भ्यू पोईन्ट नजिकै सडकबाट झण्डै १ सय मिटर कार खस्दा ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


साँझ ९ बजेको समयमा नुवाकोट घुम्न गएकाहरु सवार लु २ च ८५३१ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनाबाट मृत्यु हुनेहरुमा बुटवल १० का ५५ वर्षिय रामप्रसाद शर्मा, तिलोत्तमा ३ की ६७ वर्षिया आशा श्रेष्ठ र सोही स्थानकी ५० वर्षिया भगवती श्रेष्ठ रहेका छन् ।दुर्घटनामा परि २ जना घाइते भएका छन् । घाइते हुनेमा बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल ११ होराइजन चोककी लक्ष्मीता श्रेष्ठ रहेका छन् । उनिहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।


कमेन्ट गर्नुहोस्