लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वार्षिक नीति कार्यक्रम र बजेट तर्जुमा सम्बन्धि तालिम बुटवलमा सम्पन्न

IMG

तिलोत्तमा, जेष्ठ २७ गते २०८१।जिल्ला सहकारी संघ रुपन्देहीको आयोजनामा वार्षिक नीति कार्यक्रम र बजेट तर्जुमा सम्बन्धि तालिम बुटवलमा  सम्पन्न भएको छ । रुपन्देही भित्र रहेका सहकारीहरुको संचालक तथा कर्मचारीलाई वार्षिक नीति कार्यक्रम र बजेट तर्जुमा सम्बन्धि दुई दिने तालिम गरिएको हो । वार्षिक निति कार्यक्रम र बजेट बनाउन सहज होस भनेर रुपन्देहीका सहकारी संचालक  र कर्मचारीलाई तालिम दिईएको संघका अध्यक्ष भिम तुलाचनले बताएका छन् । रोयल बचत तथा ॠण सहकारी संस्था लि पोखराका प्रमुख कार्यकारी प्रबन्धक भिम गुरुङको सहजिकरणमा भएको कार्यक्रमको अध्यक्षता जिल्ला सहकारी संघ रुपन्देही अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका लेखा सुपरिवेक्षण समिती संयोजक भिम तुलाचनले गरेका थिए ।


सो तालीममा बोल्दै संघका अध्यक्ष तुलाचनले संस्थालाई चुस्त दुरुस्त पारदर्शी राख्न संचालक तथा कर्मचारीले आ-आफ्नो जिम्मेवारी निभाउनु पर्ने बताएका थिए।सोहि अवसरमा  राष्ट्रिय सहकारी बैकका प्रदेश प्रमुख नारायण बेल्बासे ,जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य देवानन्द पाण्डे लगायतले बोलेका थिए। करीव ४० जना सहभागी रहेका सो तालिमको व्यवस्थापन शिक्षा उपसमिति सदस्य नागेन्द्र पाण्डे, संघका व्यवस्थापक लक्ष्मी घिमिरे ज्ञवालीले गर्नुभएको हो भने कार्यक्रमको संचालन शिक्षा उपसमिति सदस्य सरु रानाले गर्नुभएको थियो। 

कमेन्ट गर्नुहोस्