
तिलोत्तमा, जेष्ठ १८ गते २०८१।पशुपति कलेज रुपन्देहीमा अक्षयकोष र पुस्तक प्राप्त भएको छ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका १६ कोटिहवामा रहेको कलेजमा विद्यार्थीको अध्ययन अध्यापनका लागि सहयोग पुग्ने उद्देश्यले नगरपालिकाले ५० हजार मूल्यका ९० थान पुस्तक प्रदान गरेको छ । आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नको लागि उद्योगी बसन्त रोका क्षेत्रीले ५१ हजार र रामनाथ उपाध्ययले ५१ लाख गरि १ लाख २ हजार रुपैँयाको अक्षयकोष स्थापना भएको छ ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले पालिकाले अब शैक्षिक र मानवीय विकास नभए सम्म समुन्नत विकास नहुने भएकोले शैक्षिक विकासमा लगानी गर्न थालेको बताए ।पालिकाले सबै क्षेत्रको शैक्षिक स्तर सुधार गर्नका लागि पालिका भरिका सामुदायिक विद्यालय तथा क्याम्पसहरुलाई सहयोग गर्दै आएको नगरप्रमुख खाणले बताए ।आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले कलेजको अक्षयकोष स्थापनकाको लागि रकम हस्तान्तरण गरेको उद्योगपति बसन्त रोका क्षेत्रीले बताए ।
तिलोत्तमाको शैक्षिक गुणस्तर सुधार गर्न अध्ययन अनुसन्धा गरी विद्यालय र कलेजका प्राज्ञिक व्यक्तिलाई पुनःताजकी तालिमको व्यवस्था गरेको नगर कार्यपालिका सदस्य रबि सेन्चुरीले बताए ।कलेज सञ्चालक समितिका अध्यक्ष लिलाबल्लभ गैरेले विद्यालय र कलेज नगरपालिकाका गहना भएको बताउँदै संरक्षण गर्ने दायित्व पनि पालिकाले लिनु पर्ने बताए । उनले पठनपाठनको लागि शैक्षिक सामग्री प्रविधि मैत्री हुने पर्नेमा जोड दिए ।आन्तरिक परीक्षाको नतिजा प्रकाशन, पुस्तक हस्तान्तरण तथा अक्षयकोष स्थापनका कार्यक्रममा क्यापस प्रमुख जितबहादुर राजकोटी, तिलोत्तमा नगरपालिका वडा नं. १६ का अध्यक्ष झबिलाल भूसाल लगायतले मन्तव्य राखेका थिए भने विभागी प्रमुख कविता भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्