लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अब अनलाइनबाटै कर चुक्ता प्रमाणपत्र

tillotmacitynews - 2024 May 29 02:39 PM
IMG

तिलोत्तमा सिटी, २०८१ जेठ १६ गते । अब अनलाइनबाटै कर चुक्ता प्रमाणपत्र लिन पाइने भएको छ। अर्थमन्त्री वर्षमान पुनले पेस गरेको आर्थिक विधयेक २०८१ मार्फत यस्तो व्यवस्था गरिएको हो। यसका लागि भने कर बक्यौता नरहेको र विवरण पेस भएको हुनुपर्ने छ। यस्ता अवस्थामा अनलाइबाट नै क्युआकर कोडसहितको कर चुक्ता प्रमाणपत्र दिने व्यवस्था आर्थिक विधयेकले गरेको हो।


अहिले कर चुक्ता प्रमाणपत्र लिन कर कार्यालयमा स्वयम् व्यक्ति उपस्थित हुनुपर्ने अवस्था छ। विभिन्न नाममा समयमा कर चुक्ता प्रमाणपत्र दिन ढिलाइ गरिएको गुनासो करदाताहरूको रहँदै आएको थियो।

कमेन्ट गर्नुहोस्