लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संचारकर्मी महिलाकालागि दुई दिने क्षमता अभिबृद्धी कार्यक्रम बुटवलमा

IMG

शारदा शाही,तिलोत्तमा जेष्ठ १० गते। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा दुई दिने संचारकर्मी महिलाहरुका लागि क्षमता अभिबृद्धी कार्यक्रम बुधबार देखि सुरु भएको छ । 


सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशका माननीय मन्त्री भगवती अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सचिब शारदा बस्यालले सहजीकरण गर्नुभएको थियो । संचारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले संचारकर्मिको अवस्था , चुनौती ,अवसर र आवश्यकताका बारेमा प्रस्ट पार्दै लुम्बिनी प्रदेश लगाएत देशभर बालबालिका, महिला र अपाङ्गता भएकाहरुको संख्या र अवस्थाको बारेमा जानकारी पनि दिनुभएको थियो।


तालिममा सहभागी प्रशिक्षार्थीहरुले सहजिकरणका सन्दर्भमा आएका जिज्ञासाहरु राखी त्यसमा अन्तरक्रिया समेत गरिएको थियो। तीस जना महिला पत्रकार मात्र समाबेश गरेर बुटवलमा संचालन भएको सो तालिमको बिहिबार समापन हुनेछ ।

कमेन्ट गर्नुहोस्