लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सेयर बजारले नाघ्यो २१ सय अंक, फाइनान्समा उच्च वृद्धि

tillotmacitynews - 2024 May 21 08:12 PM
IMG

तिलोत्तमा सिटी, २०८१ जेठ ८ गते । सेयर बजारले २ महिनापछि २१ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २३.९४ अंक बढेसँगै २११५ अंकमा पुगेको हो । कारोबार भइरहँदा भने अघिल्लो दिन सोमबार २१२१ अंकसम्म पुगेको थियो । आज नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडमा सीमित भयो । १९४ कम्पनीको मूल्य बढ्दा ४३ को घट्यो, ९ को स्थिर रह्यो ।


विकास बैंक र अन्यबाहेक सबै समूहका सूचक बढे । विकास बैंक ०.२९ र ब्यापार ०.५३ प्रतिशत घटे । फाइनान्स समूह सबैभन्दा धेरै ३.५५ प्रतिशत बढ्यो । बैंकिङ १.७७, होटल तथा पर्यटन ०.२८, हाइड्रोपावर २.१६, लगानी ०.९१, जीवन बीमा ०.१८, उत्पादन ०.१६, माइक्रोफाइनान्स १.४७, निर्जीवन बीमा ०.२७ र अन्य ०.४१ प्रतिशत घटे ।


पाँथ कम्पनी जानाकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्त र मध्यभोटेकोशीको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन लघुवित्त र इस्टर्न हाइड्रोपावरको ९.७ प्रतिशत मूल्य बढ्यो । कुथेली बुकरी स्मल हाइड्रोपावरको ९.३, माहुली लघुवित्तको ९.२, नेपाल हाइड्रो डेभलपर्सको मूल्य ८.६ तथा कालिका पावरको ८.५ प्रतिशत मूल्य बढ्यो ।


साइन रेसुङ्गा विकास बैंकको सबैभन्दा धेरै ४.२, भगवती हाइड्रोको ३.१, रिभर फल्स पावरको २.९, माण्डु हाइड्रोपावरको २.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा पोखरा फाइनान्स, सीईडीबी हाइड्रोपावर, कालिका पावर, माउन्टेन इनर्जी, सिंगटी हाइड्रो इनर्जी क्रमशः अगाडि रहे ।

कमेन्ट गर्नुहोस्