लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काठमाडौँ–तराई–मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

tillotmacitynews - 2024 May 17 06:56 PM
IMG

तिलोत्तमा सिटी, २०८१ जेठ ४ गते । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको छ ।  प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १ हजार ६३३ मिटर लम्बाइ रहेको सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 


द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरु मध्ये निकट भविष्यमा दुवैतर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने सेनाको भनाइ छ ।

कमेन्ट गर्नुहोस्