लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गगन थापाको दाबी:ओलीले हप्काए पछि शुरु भो लफडा

IMG

तिलोत्तमा,२०८१ जेष्ठ ३ गते। कांग्रेस महामन्त्री गगन थापाले आफ्नो पार्टीका उपसभापति धनराज गुरुङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा हप्काएको दाबी गरेका छन् । गुरुङले ओलीप्रति अभद्र व्यवहार गरेको सन्दर्भमा पत्रकारले राखेको प्रश्नमा उनले यस्तो दाबी गरेका हुन् ।


थापाले भने, ‘हाम्रो उपसभापतिले नारावाजी गरिरहेका बेला ओली जुरुक्क उठेर आउनुभो र हप्काउनुभो । कथा त्यहाँबाट सुरु भएको हो । अझ, केही साथीहरु अशिष्ट ढंगबाट प्रस्तुत हुनुभो । हाम्रा साथीहरुले बोलेर त्यसको प्रतिवाद गर्नुभएको मात्र हो ।’पत्रकारले सोधे, ‘एमाले अध्यक्ष ओलीले गुरुङलाई कोट्याएको जस्तो मात्र देखिन्छ, कसरी हप्काउनु भो ?’थापाले जवाफ दिए, ‘एमालेको कोट्याउने तरिका त्यो हो भने कांग्रेसको उत्तर दिने तरिका यस्तै हो ।’

कमेन्ट गर्नुहोस्