लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आगलागी पिडितदेखि अनाथ-आश्रम र गौशालासम्म लुम्बिनी फ्रेन्ड सर्कल

IMG

तिलोत्तमा,२०८१ जेष्ठ २ गते।रुपन्देहीको बुटवल र तिलोत्तमा आसपासका युवाहरुको छाता संगठन लुम्बिनी फ्रेन्ड सर्कलले पछिल्लो समय गरेको सामाजिक सेवालाई निरन्तरता दिएको छ। केहि दिन पहिले गुल्मी जिल्ला छत्रकोट गाउँपालिकामा आगलागी भएर तीन घर पूर्णरुपमा नोक्सानी भएको स्थानमा गएर केही रकम सहयोग गरेको सर्कलका संयोजक पदमराज न्यौपानेले बताए। 


समाजमा परेका अप्ठ्याराहरुलाई नजिकबाट सहयोग गर्न पाउँदा सर्कलका सदस्यहरुमा समेत खुसी र जिम्मेबारी बहन भएको प्रती संयोजक न्यौपाने खुसी छन्। बुटवलमा रहेको गौशालामा समेत पशु आहारका लागि दाना, गुणा, लगायतका सामाग्री हस्तान्तरण गरेको सर्कलले यस अघि स्थानिय अनाथ तथा असहाय आश्रम र मानव सेवा आश्रममा समेत सहयोगको हात अगाडी बढाएको छ। 


निकट भविष्यमै युवा केन्द्रित कार्यक्रमसंगै समाजमा रहेर बिपन्न, गरिव, असहाय, अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्ने योजना रहेको बताउदै सर्कलका संयोजक न्यौपानेले यो सहयोग गर्ने सहकार्यमा हातेमालो गर्न सबै युवासाथीहरुलाई आग्रह समेत गरेका छन्।   

कमेन्ट गर्नुहोस्