
तिलोत्तमा,२०८१ बैशाख ३० गते। नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो साधारण सभा तथा अधिबेशन पाल्पामा सम्पन्न भएको छ। नृत्य निर्देशक संघ नेपालका केन्द्रिय सदस्य बुद्ध लामाको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारण सभामा प्रदेशका सल्लाहकार मनिष पन्थ, पाल्पा जिल्ला तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला र नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष र पाल्पा जिल्लाका समाजसेवी महानुभावहरुको उपस्थिति रहेको सो कार्यक्रमको संचालन कलाकार गिरि प्रसाद पुन (लाउरेदाई) ले गर्नुभएको थियो।
लुम्बिनी प्रदेशको दोस्रो साधारण सभा तथा अधिबेशन लुम्बिनी प्रदेशका नृत्य निर्देशकहरुको सहभागिता रहेको सो कार्यक्रममा जिल्ला संघका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो।सभाले लोकेन्द्र शाहको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिती सर्बसम्मतले चयन भएको थियो। कार्यक्रम पाल्पा जिल्लाको श्रीनगरमा सप्पन्न भएको थियो।
कमेन्ट गर्नुहोस्