लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ

tillotmacitynews - 2024 May 07 12:45 PM
IMG

तिलोत्तमा सिटी,२०८० वैशाख २५ गते । बुटवलमा  अनलाइन सट्टेबाजीमा संलग्न भएको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। 


इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पाण्डेले बुटवलको होराइजन चोकबाट १३ जनालाई पक्राउ गरिएको बताए ।

उनीहरुको  साथबाट १३ थान कम्प्युटर तथा ३९ थान मोबाइल समेत बरामद गरिएको छ। अनलाइन गेम खेलाएर सट्टेबाजी गरेको आशंकामा प्रहरीले छापा मारेर १३ जना भारतीयलाई पक्राउ गरेको हो । पछिल्लो समय बुटवलको कालिकानगर होराइजन चोकस्थित एक घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेवाजी गराउने गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । 


उनीहरुले के कसरी कारोबार तथा गतिविधि सञ्चालन गरेको वारेमा थप अनुसन्धान जारी रहेको डीएसपी पण्डितले बताए ।

कमेन्ट गर्नुहोस्