लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आईपीएल क्रिकेटमा दिल्ली र राजस्थान खेल्दै

tillotmacitynews - 2024 May 07 03:11 PM
IMG

तिलोत्तमा सिटी,२०८० वैशाख २५ गते । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् ।


यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । राजस्थान १० खेलमा १६ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा र दिल्ली ११ खेलमा १० अङ्कसहित छैटौँ स्थानमा छ । राजस्थान आईपीएल पहिलो सिजनको विजेता तथा सन् २०२२ को उपविजेता टोली हो । दिल्लीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । दिल्ली सन् २०२० मा उपविजेता बनेको थियो ।

कमेन्ट गर्नुहोस्