
तिलोत्तमा सिटी, २०८१ वैशाख २४ गते । बुटवल राजमार्गअन्तगर्त चौराहादेखि चिडीयाखोलासम्मको सडकको ठेक्का सम्झौता खारेज भएको छ । पटकपटक म्याद थप्ने तर काम नगर्ने भएपछि सडक सडक डिभिजन कार्यालयले ठेक्का खारेज गरेको हो ।
कञ्चनजङ्घा बिरुवा जे.भीका ठेकेदारसँग लिखित सम्झौता गर्दा पनि कार्य सम्पन्न नगरेको भन्दै सडक डिभिजन कार्यालय बुटवलले ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ ।
२०७३ साल चैत्रमा ठेक्का सम्झौता भए पनि हालसम्म सडक निर्माणको काम सम्पन्न भएको छैन । स्थानीयको अवरोध र साइड खाली हुन नसकेको बहानामा काम नगर्ने भएपछि सम्झौता अन्त्य गर्नु परेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर महेश्वर दाहालले बताए । उक्त ३ किलोमिटर सडक कञ्चनजंगा बिरुवा जेभीले ४० करोड बढीमा ठेक्का लिएको थियो ।
कमेन्ट गर्नुहोस्