
तिलोत्तमा,२०८१ बैशाख १९ गते।रुपन्देहीमा क्रियाशील फोटो तथा भिडियोग्राफी गर्नेहरुको साझा संस्था लुम्बिनी फोटोग्राफर संघले आफ्नो बार्षिक कार्ययोजना निर्माण पाल्पाको पूर्वखोला गाउँपालिका स्थित ढोलीमारामा सम्पन्न गरेको छ।
मंगलबार पूर्वखोला गाउँपालिका पुगेको लुम्बिनी फोटोग्राफर संघको टिमले गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, उपाध्यक्ष भागिरथी शर्मा भट्टराई,पालिकाका प्रवक्ता मेहर सिंह थापाको उपस्थितिमा पर्यटन पर्बर्द्धनका लागि फोटोग्राफी तथा भिडियोग्राफी कार्यक्रम शुरु गरेको थियो। बुधबार दिउसो पूर्वखोला गाउँपालिका-२ ढोलीमारामा सम्पन्न सो कार्यशालाले आगामी बर्षभरी गरिने प्राथमिकतामा रहेका योजनालाई अन्तिम रुप दिई काम अगाडी बढाईएको अध्यक्ष दिनेश अर्यालले जानकारी दिनुभयो।
कार्यक्रममा संघका सल्लाहकार दल बहादुर गुरुङले कार्यसमिति तथा सल्लाहकारहरुलाई संस्थागत बिकास र कार्ययोजना निर्माणका बारेमा प्रशिक्षण दिनुभएको थियो। करिव ३२ जनाको उपस्थिति रहेको सो कार्यक्रमबाट आगामी बर्ष गरिने कार्यक्रमको योजना निर्माण तथा रुपरेखाको बिषयमा निर्णय पारित भएको छ। समापन कार्यक्रममा बोल्दै संघका केन्द्रिय अध्यक्ष महेन्द्र उपाध्याय, सल्लाहकार माधव पन्थ, निबर्तमान अध्यक्ष मनिष पन्थ, रामु भण्डारी लगायतले बोल्दै संस्थाको बिकासमा सबै एकजुट भएर योजना अनुसार अघि बढ्नु पर्ने बताएका थिए। कार्यक्रममा सहयोग गर्ने सल्लाहकार, आरामदायी बसोबासका लागि होमस्टे, स्वागत गर्ने स्थानिय महिला समुहलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो। संघले पर्यटन प्रबर्द्धनका लागि फोटो तथा भिडियो ग्राफिको माध्यमबाट संसारभर प्रचार प्रसार गर्दै आन्तरिक पर्यटनका निम्ति हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
कमेन्ट गर्नुहोस्