लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गर्मी अत्यधिक बढ्दै गएपछी बुटवल उपमहानगरले दियो विद्यालयलाई २ दिन विदा

tillotmacitynews - 2024 May 01 09:32 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख १९  गते । अत्यधिक गर्मी बढ्दै गएपछी बुटवलका विद्यालय २ दिन विदा हुने भएका छन् ।  बुटवल  उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गरी गत केही दिन देखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा चल्न थालेको कारण विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्यमा समेत गम्भिर असर पर्न सक्ने सम्भावना देखिएकाले बैशाख २० र २१ गते विद्यालयलाई विदा दिइएको जनाएको छ ।


'गत केही दिन देखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा चल्न थालेको कारण विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्यमा समेत गम्भिर असर पर्न सक्ने सम्भावना देखिएको हुँदा विद्यालयहरुले गर्न पाउने वार्षिक विदाबाट कट्टी हुने गरी मिति २०८१ साल वैसाख २० र २१ गते जम्मा २ दिन विद्यालय विदा गर्नुहुन यस कार्यलयको मिति २०८१।१।१८ को निर्णय अनुसार निर्देशन गरिएको व्यहोरा अनुरोध छ ।'- सूचनामा भनिएको छ । 

कमेन्ट गर्नुहोस्