
तिलोत्तमा,२०८१ बैशाख १८ गते।रुपन्देहीमा क्रियाशील फोटो तथा भिडियोग्राफी गर्नेहरुको साझा संस्था लुम्बिनी फोटोग्राफर संघले आफ्नो कार्ययोजना विस्तारका लागि पाल्पाको पूर्वखोला गाउँपालिका स्थित ढोलीमारा होमस्टेलाई रोजेको छ। मंगलबार पूर्वखोला गाउँपालिका पुगेको लुम्बिनी फोटोग्राफर संघको टिमले गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, उपाध्यक्ष भागिरथी शर्मा भट्टराई,पालिकाका प्रवक्ता मेहर सिंह थापाको उपस्थितिमा पर्यटन पर्बर्द्धनका लागि फोटोग्राफी तथा भिडियोग्राफी कार्यक्रम शुरु गरेको छ।
गाउंपालिकाको सभाहलमा भएको बिशेष बैठकमा बोल्दै गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले पछिल्लो पटक पर्यटनको आधार बनेको पुर्वखोलामा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य उपस्थिति रहेको बताए। सामुदायिक तथा निजि स्कुल एकै स्थानमा गाभेर शिक्षाको क्षेत्रमा फड्को मारेको गाउँपालिकाले पछिल्लो समय किवी खेति र आधुनिक कृषि खेती र महिला बालबालिका युवा एबम होमस्टेको सत्रमा समेत उदाहरणीय बनेको बताए। सो अवसरमा बोल्दै उपाध्यक्ष भागिरथी शर्मा भट्टराईले महिलाको स्वरोजगार, उद्धमी, कृषी, व्यापार गर्ने कुरामा बिशेष जोड दिएको समेत बताईन। गाउँपालिकाका जनताले जनप्रतिनिधि आएपछि बिकास समृद्धि र सेवाप्रबाहमा उल्लेख्य योगदान गरेको महसुस गरेको गाउँपालिकाका प्रबक्ता मेहर सिंह थापाले बताए।
२ दिनसम्म चल्ने सो कार्यक्रमको लागि लुम्बिनी फोटोग्राफर संघका कार्यसमिती सदस्य, पदाधिकारी र सलाहकार सबै अहिले पुर्वखोलामा छन्। संघले विभिन्न पर्यटकिय आधारसंगै सांस्कृतिक, ऎतिहासिक एबम धार्मिक पर्यटकिय स्थान हुँदाहुँदै पनि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन अत्यन्त आवश्यक रहेको संघका अध्यक्ष दिनेश अर्यालले बताए। मंगलबार लुम्बिनी फोटोग्राफर संघ रुपन्देहीका पदाधिकारी सहित कार्यसमिति र सल्लाहकार सहितको टिम पूर्वखोला गएर त्यहाँको पर्यटन प्रबर्द्धनका लागि फोटो एबम भिडियो मार्फत थप टेवा दिएको छ। संघका अध्यक्ष दिनेश अर्याल सहित केन्द्रिय अध्यक्ष महेन्द्र उपाध्याय, निबर्तमान अध्यक्ष मनिष पन्थ, सल्लाहकार दल बहादुर गुरुङ सहित गएको टिमले स्थानिय पर्यटनको आधारलाइ थप सृजना गरेको छ। ढोलीमारा होम्स्टेको थप उजागरका लागि सबैको सहयोग अपरिहार्य रहेको अध्यक्ष अर्यालको भनाई छ। संघले बुधबार कार्ययोजना बिस्तार गर्ने र पूर्वखोला गाउंपालिकाको पर्यटकिय आधारहरुको बारेमा ब्यबहारिक रुपमा थप अध्ययन गरि जनमानसमा पुर्याउने लक्ष्य लिएको छ।
कमेन्ट गर्नुहोस्