लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दोहोरो अंक बढ्यो सेयर बजार, फाइनान्स र विकास बैंकमा उच्च वृद्धि

tillotmacitynews - 2024 Apr 28 10:41 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख १६ गते । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १४.३३ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से १९८० अंकमा कायम भएको छ । दिनभर कुल २ अर्ब ६८ करोड रुपैयाँको धितोपत्र कारोबार भयो ।


१८० कम्पनीको मूल्य बढ्दा ५५ को घट्यो भने ९ को स्थिर रह्यो । ब्यापार बाहेकका सबै समूहका सूचक बढेका छन् । सो सूचक ९.५२ अंक (०.३४ प्रतिशत) घट्यो । फाइनान्स र विकास बैंक समूहमा आकर्षण देखिएको छ । फाइनान्स समूह ३.९८ प्रतिशत बढ्यो भने विकास बैंक समूह २.२३ प्रतिशत बढ्यो ।


अंकका आधारमा बैंकिङ २, विकास बैंक ८५, फाइनान्स ८१, होटल तथा पर्यटन ३८, हाइड्रोपावर १०, जीवन बीमा ७२, उत्पादन ५, माइक्रोफाइनानस ५४, निर्जीवन बीमा १०८ र अन्य समूह १० अंक बढे । धेरै मूल्य बढेका कम्पनीहरुमा पनि फाइनान्स अगाडि रहे । पोखरा फाइनान्सको ९.८, प्रोग्रेसिभको ७.६, श्रीइन्भेस्टमेन्टको ६.८, बेस्ट फाइनान्सको ६.७, किसान लघुवित्तको ५.९, नेपाल फाइनान्सको ५.७, त्रिशुली विद्युतको ५.७, सप्तकोशी विकास बैंकको ५.२, मेरो माइक्रोफाइनान्सको ५.१ र मल्टिपर्पस फाइनान्सको ५ प्रतिशत मूल्य बढ्यो ।


त्यस्तै रिभर फल्स पावरको ४.६, छ्याङ्दी हाइड्रोपावरको ३.६, चिरख्वा हाइड्रोपावरको २.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा पोखरा फाइनान्स, मल्टिपर्पस फाइनान्स, पिपुल्स पावर, गोर्खाज फाइनान्स र नेपाल फाइनान्स कम्पनी क्रमशः अगाडि रहे ।

कमेन्ट गर्नुहोस्