लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोस्टममा पत्रकार र पत्रकारिताबारे कोहि बोलेनन् : अध्यक्ष बिपुल पोख्रेल

IMG

तिलोत्तमा,२०८१ बैशाख १५ गते।पत्रकारिता र पत्रकारहरुमा कोरोना महामारीले धराशायी हुँदा पनि देशका मन्त्री र साम्सदहरु कसैले पनि चासो नराखेको नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलले बताएका छन्। विभिन्न समस्यामा कोकोहोलो मच्चाउनेहरुले तिनीहरुका समस्या लेखिदिने , बोलिदिने र देखाइदिने पत्रकार, मिडिया हाउस र पत्रकारिताको बिकासका लागि कसैले नबोलेको बताएका हुन्। 


बुटवलमा नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ बार्षिक साधरण सभा तथा अधिबेशनलाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले सो कुरा बताएका हुन्। अध्यक्ष पोख्रेलले पछिल्लो समय राजनीतिलाइ बचाउन , कसैलाई मिल्काउन र कसैलाई माथि चढाउन समेत मिडिया प्रयोग गरेको प्रति उनले खेद प्रकट गरेका छन्।  भर्खरै  मिडियामा आएको विभिन्न समाचारलाई इंगित गर्दै पोख्रेलले अब पत्रकार र मिडिया प्रयोग गर्ने अधिकार कसैलाई नभएको भन्दै सत्य तथ्य र स्रोत सहित समाचार लेख्न पत्रकार हरुलाई आग्रह समेत गरे। 


कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले शुद्धिकरणको अभियान कसैलाई निश्कासन तथा अपमान नभई विशुद्ध पत्रकारिता गर्नेलाई एकीकृत बनाउनको लागि भएको बताए । विभिन्न स्थानमा बसेर मिडिया हाउसलाई दुरुपयोग गरेका घटनाहरु बाहिर आइरहेकोले यो तर्फ जान बाध्य भएको उनको भनाइ छ । उनले पत्रकारिता पेशालाई मर्यादित बनाउने जिम्मेवारी सबै पत्रकारको भएकाले पहिले आफैबाट शुरुवात गर्नुपर्ने पोखरेलले बताए ।नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ बार्षिक साधरण सभा तथा अधिबेशनमा उपस्थित भएका पोख्रेलले निडर र निश्पक्षता सहितको पत्रकारिता आजको आवश्यकता भएको समेत बताए। 

कमेन्ट गर्नुहोस्