लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रेस युनियन रुपन्देहीको पत्रकारिता तालिम शुरु

IMG

तिलोत्तमा,२०८१ बैशाख १४ गते।नेपाल प्रेस युनियन रुपन्देहीले आफ्ना सदस्यहरुका लागि क्षमता विकास तालिम शुरु गरेको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको तालिम दुई दिनसम्म चल्ने छ ।तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालले सत्यतामा आधारित रहि आचारसंहितालाई ध्यानमा राखेर पत्रकारिता गर्न आग्रह गरे । उनले पत्रकारिताको माध्यमबाट सबैजसो सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई पृष्ठपोषण हुने भन्दै खबरदारी जारी राख्न आग्रह गरे ।


उनले ७५३ वटै पालिकाले नै म राम्रो भन्ने अभिव्यक्ति दिएपनि कुन चाँही उत्कृष्ट हो भन्ने कुरा पत्रकारिताले देखाइदिनुपर्ने बताए । प्रेस युनियन रुपन्देहीका संस्थापक सभापति बाल नरसिंह गुरुङले बर्तामान अवस्थाको पत्रकारिता सजिलो तर चुनौतीपूर्ण भएकाले निश्पक्ष, निर्भिक र निडर भएर पत्रकारिता गर्न आग्रह गरे ।कार्यक्रममा सहजीकरण गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले पत्रकारहरुमा समेत आत्मसमिक्षाको आवश्यकता औल्याउँदै प्रविधिमैत्री पत्रकारिता अवको आवश्यकता रहेको बताए ।


कार्यक्रममा सल्लाहकार तथा  बरिष्ठ पत्रकार माधव नेपालले तालिमको सहजिकरण गर्दै पत्रकारितामा रुपन्देहीको अवस्थाको बारेमा जानकारी गराएका थिए । नेपालले गहन रुपमा पत्रकारिता गरे मात्रै टिक्न सकिने भन्दै रहरका लागि अब पत्रकारिता नगर्न नयाँ पुस्तालाइ आग्रह गरे । सल्लाहकार तथा  केन्द्रिय सदस्य तथा निवर्तमान सभापति रेखा भुसालले पत्रकारलाइ पुर्नताजगी तथा क्षमता बृद्धि गर्ने तालिम जरुरी हुने बताइन् । पूर्व सभापति हरिष ढकालले अब डेप्थ पत्रकारिता गर्न आवश्यक रहेको बताए ।


तालिमको उद्घाटन सत्र नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो । ६० जनाको सहभागिता रहेको तालिमकोे दोस्रो दिन शुक्रबार डिजिटल पत्रकारिताका बारेमा तालिम प्रदान गरिने र उत्कृष्ट १५ जनालाइ लेखनबृत्ति प्रदान गरिने तालिम संयोजक तथा युनियनका रुपन्देही सचिव कपिल ज्ञवालीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्