
तिलोत्तमा,२०८१ बैशाख ९ गते।तिलोत्तमा नगरपालिकाको आयोजनामा कर्मचारीहरुको क्षमता बिकास सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सुशासन संस्थागत समितिका संयोजक राधा शाहीको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको उपस्थितिमा नगरपालिकाका सबै कर्मचारी, वडागत कर्मचारी, स्वास्थ्यसंस्थाका सबै कर्मचारीहरुलाई क्षमता अभिवृद्धिका लागि सो तालिम दिईएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए।
सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले सहज र छिटो सेवा प्रबाहका लागि कर्मचारीले गर्ने व्यवहार परिबर्तन हुनु जरुरी रहेकोले सबै कर्मचारीहरुलाई सेवाग्राहीको सहजताका लागि कानुनी आधारमा रहेर कार्यसम्पादन गर्न सुझाए।उनले व्यवहार सुधार्न आफैबाट शरू गर्नुपर्ने हुनाले झन्झटिलो प्रणाली अपनाई सेवाग्राही वा नगर बासीहरुलाई अल्मलाउने काम नगर्न समेत आग्रह गरे।
सो अभिमुखिकरणमा बोल्दै कार्यक्रमका अध्यक्ष राधा शाहीले कर्मचारी र जनप्रतिनिधी नङ र मासुको सम्बन्ध भएकाले जनतालाई सहज रुपमा सेवादिनु सबैको कर्तव्य भएकाले यस्तो तालिमले कर्मचारीमा नयाँ उर्जा र उत्प्रेरणा थपिने बताईन।कार्यक्रमको पहिलो दिन रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल र दोस्रो दिन मोटिभेसनल स्पिकर बालकृष्ण शर्माले प्रशिक्षण दिनुभएको थियो।कार्यक्रम योजना शाखा तिलोत्तमाको संयोजनमा संचालन भएको शाखा अधिकृत सिता भण्डारीले बताईन।
कमेन्ट गर्नुहोस्