लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आईपीओ बिक्री गर्ने तयारीमा वाइवाइ

IMG

तिलोत्तमा सिटी,२०८० वैशाख ४ गते । चौधरी समूहले उत्पादन गरिरहेको वाइवाइले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) बिक्री गर्ने जानकारी दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत वाइवाइको आईपीओ जारी गर्ने जानकारी दिएका हुन् ।


यसले नेपालका उत्पादनमूलक उद्योगहरु आईपीओतर्फ केन्द्रीत बनेको देखाउँछ । यसअघि युनिलिभर, बोटलर्स नेपाल, सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट र घोराही सिमेन्ट लगायत सेयर बजारमा सूचीकृत छन् । यसबाहेक रिलायन्स स्पिनिङ मिल्सले समेत साधारण सेयर बिक्री गर्ने प्रक्रियामा छ ।


निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत आईपीओ बिक्री गर्ने जानकारी सार्वजनिक गरेपनि वाइवाइले यसको प्रक्रिया अघि बढाएको छैन । नेपाल धितोपत्र बोर्डका अनुसार हाल १९ वटा कम्पनी साधारण सेयर बिक्रीको अनुमतिको पर्खाइमा छन् । यस्तै, थप १६ वटा कम्पनीले समेत अनुमति मागेका छन् । बोर्डले ती कम्पनीको अनुमतिमाथि अध्ययन गरेर थप डकुमेन्ट मागेको छ ।

कमेन्ट गर्नुहोस्