लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चेम्वरको लुम्विनी प्रदेश अध्यक्षमा पुनः टंक पोखरेल

IMG

तिलोत्तमा,२०८१ बैशाख २ गते। नेपाल चेम्वर अफ कमर्सको लुम्विनी प्रदेश कमिटी अध्यक्षमा टंक प्रसाद पोखरेल पुनः चयन हुनुभएको छ । काठमाण्डौंमा सम्पन्न चेम्वर अफ कमर्सको ७३ औं साधारणसभा तथा अधिवेशनबाट पोखरेल पुनः अध्यक्ष बन्नुभएको हो । चेम्वरको केन्द्रिय अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित हुनुभएको छ । अग्रवालको नेतृत्वमा ६५ सदस्यीय कार्यसमिति चयन भएको हो ।  नेपाल चेम्वरको विधानले केन्द्रिय महाधिवेशनबाट केन्द्रिय कमिटी र प्रदेश अध्यक्षहरु चयन गर्ने ब्यवस्था छ । 


 यसपछि प्रदेशको अधिवेशनले केन्द्रबाट  चयन भएका  प्रदेश अध्यक्षहरुको नेतृत्वमा नयां समिति बनाउने छ । लुम्विनी प्रदेश चेम्वर अफ कमर्सको वैशाखमा हुने अधिवेशनबाट कार्यसमिति विस्तार हुने नवनिर्वाचित अध्यक्ष पोखरेलले बताउनुभयो ।यसअघि नेपाल चेम्वरको साधारणसभाका क्रममा बोल्ने बक्ताहरुले आगामी बर्षको बजेट यथार्थपरक बनाउन माग गरेका छन् । मुलुकको बजेट र मौद्रिक नीतिकाृ प्रभावकारी समन्वय मार्फत आर्थिक सम्मृद्धि हासिल हुने भएकाले बजेट निर्माण यथार्थपरक ढंगवाट गर्न आब्हान गरेका थिए । सधै महत्वकांक्षि र ठूलो आकारको बजेट निर्माण गर्दा कार्यान्वयन हुन नसकेकाले यसपट वस्तुनिष्ठ र कार्यान्वयनमुखी बजेट निर्माण गर्नुपर्ने उनीहरुको माग थियो । चेम्वरको साधारण सभा तथा अधिवेशन गद्घाटन गर्दै उपप्रधान एबम् परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले आर्थिक विकास र सम्मृद्धिको कार्यभार पुरा गर्न सरकार प्रयासरत रहेको बताउनुभएको थियो । 

कमेन्ट गर्नुहोस्