लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धबाबा सुरुङ खन्न रातिमा बन्द गरिएको बुटवल–पाल्पा सडक आजदेखि खुल्ने

tillotmacitynews - 2024 Apr 12 05:40 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत ३० गते ।  पाल्पाको सिद्धबाबामा सुरुङ खन्न रातमा बन्द हुँदै आएको सिद्धार्थ राजमार्ग आजदेखि पूर्णरूपमा खुलेको छ । गएको पुस १६ गतेदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द हुँदै आएको थियो । पाल्पाको सिद्धबाबामा सुरुङ खन्न दैनिक छ घण्टा राजमार्ग बन्द हुँदै आएकोमा आजदेखि खुलेको हो । सिद्धबाबा सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढेपछि विकल्पका रूपमा सुरुङ बनाउन थालिएको हो । पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ सालको फागुनमा ठेक्का सम्झौता भएको थियो ।


आयोजनाका अनुसार अहिलेसम्म भौतिक प्रगति झण्डै १२ प्रतिशतमात्रै छ । सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्छ । चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कम्पनीले सुरुङ निर्माणको ठेक्का लिएको हो ।

कमेन्ट गर्नुहोस्