लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से ९ अंकले बढ्यो, सवा ४ अर्बको कारोबार

tillotmacitynews - 2024 Apr 09 05:11 PM
IMG

तिलोत्तमा सिटी,२०८० चैत्र २७ गते । अघिल्लो दिन सोमबार भने सार्वजनिक बिदा परेकाले बजार बन्द रहेको थियो । मंगलबार नेप्से सूचकसँगै कारोबार समेत राम्रो भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार  ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बराबरको ९७ लाख ८९ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८ करोड ८ दाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 


९ अंकमाथिले नेप्से बढेको यस दिन होटल तथा पर्यटन, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक १० वटा उपसूचक धनात्मक भएका छन् । कूल २४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा मंगलबार १५० कम्पनीको मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्य घटेको छ । बाँकी ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । मंगलबार जानकी फाइनान्स कम्पनी, नेपाल फाइनान्स र पोखरा फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने वीयन नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले घट्न पुगेको छ । 

कमेन्ट गर्नुहोस्