लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

घट्यो सुनको भाउ

tillotmacitynews - 2024 Apr 02 06:47 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत २०  गते । सोमबार उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार भने केही घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । आज भने ४ सय रुपैयाँ घटेर १ लाख ३१ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


सुनको मूल्य केही घटे पनि चाँदी भने बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर १ हजार ५४५ रुपैयाँ कायम भएको छ ।

कमेन्ट गर्नुहोस्