लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलका होटल व्यवसायीहरूको दबाबमूलक र्‍याली

tillotmacitynews - 2024 Mar 31 02:16 PM
IMG

तिलोत्तमा सिटी,२०८० चैत्र १८  गते । रुपन्देहीका होटल व्यवसायीहरूले बुटवलमा दबाबमूलक विरोध र्‍याली गरेका छन् । शनिबार उनीहरुले विभिन्न समस्याहरूको व्यवस्थाको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । देशमा कोभिड १९ को असर, विश्वव्यापी आर्थिक मन्दी, प्रदेश राजधानी स्थानान्तरण, दिनानुदिन बैंकको ब्याजदर वृद्धि, चर्को घर भाडा, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन लगायत व्यवस्थापनका लागि सरकारलाई दबाब दिने उद्देश्यका साथ  बुटवलमा विरोध र्‍याली आयोजना गरिएको संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए ।


कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, मिष्ठान तथा क्याटरिङ सङ्घ रुपन्देही जिल्लाका सचिव केशव कँडेल, संघका महासचिव अर्जुन थापाले विरोध कार्यक्रम वर्तमान समयको माग भएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिए । कार्यक्रममा नेपाल औषधी व्यवसायी रुपन्देही जिल्ला, घर बहाल सरोकार सङ्घ, मानवअधिकार तथा शान्ति समाज रुपन्देही, मिष्ठान तथा क्याटरिङ सङ्घ रुपन्देही जिल्ला लगायत संस्थाहरू, आम नागरिक, उद्योगी, व्यवसायीलाई आ–आफ्नो ब्यानरसहित विरोध सभामा सहभागी भएको कार्यक्रम संयोजक तथा सहसचिव अर्जुन पोखरेलले बताए । 

कमेन्ट गर्नुहोस्