लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मणिग्राममा ताज रेस्टुरेन्ट एण्ड लज सञ्चालनमा,उद्घाटनमा १० प्रतिशत छुट

IMG

तिलोत्तमा,२०८० चैत्र १७ गते। रुपन्देहीको तिलोत्तमा-५ मणिग्राममा ताज रेस्टुरेन्ट एण्ड लज सञ्चालनमा आएको छ । करिब १० वर्ष कोरिया बसी नेपाल फर्कीआएका सञ्चालक सन्तोस ज्ञवालीले जानकारी दिए । करिब २० लाखको लगानीमा सञ्चालन भएको होटल एण्ड लजमा एसी र ननएसी सहितको एट्याच कोठाहरु रहेका छन् । जीवनको उर्जाशील समय अब देशमै बिताउने प्रण गरेका ज्ञवालीले अबको समय व्यवसायमा लगाउने र अबल ब्यबसायी बन्ने सोच छ ।


होटेलमा भेज , चिकेन, मटन, सबै आइटमहरु,लोकल कुखुराको आइटम, हाँसको आईटम, कोल्ड ड्रिंक्स लगायत अन्य टिपिकल नेपाली लोकल आइटमहरुको सेवा दिने सञ्चालक ज्ञवालीले जानकारी दिए। होटलको उद्घाटन तिलोत्तमा नगरपालिका वडा नम्बर-५ का अध्यक्ष रमेश डुम्रेले शनिवार एक कार्यक्रमका विच गरेका हुन। युवाहरु उद्धम र व्यवसायमा लाग्नुपर्ने बताउदै युवालाई विदेश जानबाट रोक्न यस्ता प्रेरणा दायी व्यवसायिक कदमले ठुलो भूमिका खेल्ने बताए। सो अवसरमा बोल्दै वडा नम्बर-५ का वडा सदस्य हरि पन्थले युवाहरु व्यवसायमा लागेर देशमा पनि केही सम्भावना छ भन्ने कुरालाई यस्तो खालको लगानी र कामले प्रेरणा मिल्ने बताउनुभयो। होटल व्यवसायलाई मर्यादित र पारिवारिक बनाउने उदेश्यका साथ् आफुहरुले खाना खाजा र बसाईंका लागि उपयुक्त ठाउ मणिग्राममा संचलान गरेको सन्तोसका भाई सुमन ज्ञवालीले बताए। 

कमेन्ट गर्नुहोस्