लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा परिसरमा वडास्तरीय भलिवल प्रतियोगिता शुरु, भोलि नै समापन

IMG

तिलोत्तमा,२०८० चैत्र १४ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका परिसरमा अन्तरवडा स्तरीय भलिवल प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता भोलिसम्म चल्ने छ ।प्रतियोगिताको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरी चौधरीले बुधबार एक कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा बोल्दै नगरप्रमुख खाँणले खेलकुदको विकासका लागि पनि नगरपालिकाले विशेष ध्यान दिएको बताए । 


साथै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउनका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने भएकाले भलिबल लगायतका सबै प्रकारको खेलाडीलाई हौसला प्रदान र आवश्यक सहयोग गर्ने बताए । साथै उपप्रमुख चौधरीले पनि नगरपालिकाले खेलाडी र खेल क्षेत्रको विकासका लागि सबैसँग हातेमाले गरेर अघि बढ्न तयार रहेको बताइन् ।


यस्तै नगर खेलकुद विकास संयोजक लोक पुनले तिलोत्तमा नगरपालिका १७ वडा मध्य ४ वटा वडाले प्रतियोगितामा सहभागिता नजनाएको बताए । पहिलो पटक प्रतियोगिता आयोजना गरिएकाले पनि १३ वटा वडाले मात्र आवश्यक तयारी पुरा गरि सहभागि हुन आएको बताउँदै आग्रामी वर्ष सबै वडाबाट सहभागिता रहने विश्वास व्यक्त गरे । प्रतियोगिता अन्तर्गत भोली दिउसो समापन हुने गरि दोस्रो चरणको खेल हुने  छ। 


कमेन्ट गर्नुहोस्