लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सहकारी प्रकरणमा मेरो संलग्नता छैन : गृहमन्त्री लामिछाने

IMG

तिलोत्तमा,२०८० चैत्र १४ गते। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा मेरो नाम बाहेक केहि नभएको बताएका छन् । बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केहि नभएको बताएका छन् । उनले यो विषयमा अदालतमा समेत मुद्धा दर्ता भएको आफुले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताएका छन् ।


गृहमन्त्री लामिछानेले यो विषयमा जहाँ प्रश्न उठ्छ त्यहि उत्तर दिने बताउदै आफुमाथि उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।  समितिमा लामिछानेले आफुले कुनै किसिमको राजनीतिक पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।उनले दुर्गा प्रसाईले हतियार बोकेको विषय कानुनले दिएको भन्दा बढी अधिकार दिइएको पाइएको बताउदै यस विषयमा मन्त्रालयले अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।


कमेन्ट गर्नुहोस्