लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पा युवती हत्या प्रकरण : कुकुरको इन्भेस्टिगेशनमा दुई पुरुष प्रहरी नियन्त्रणमा

IMG

तिलोत्तमा,२०८० चैत्र १४ गते। पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहामा मंगलबार हत्या गरिएको अवस्थामा फेला परेको एक युवतीको शव बुधबार अपरान्ह उठाईएको छ । त्यस्तै घटना बारे अनुसन्धान तथा आवश्यक सोधपुछका लागि दुई जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सोही वडा ख्याहा कराङदीकी १९ वर्षीया युवती पद्या सुनारको धारिलो हतियारले घाँटी रेटिएको  र शरिरका विभिन्न भागमा चोट लागेर विभत्स अवस्थामा मृत फेला परेकी थिईन ।


मंगलबार दिउँसो घर नजिकैको पँधेरामा नुहाउन भनि गएकी पद्मा साँझ अवेरसम्म घर नआएपछि खोजी गर्ने क्रममा उनी मृत भेटिएकी थिइन् । भैरहवाबाट घटना अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाएर प्रहरीले शंकास्पद विवरणहरु संकलन गरेको थियो । तालिम प्राप्त कुकुरहरुले घटनास्थलबाट स्मेलिङ गर्दै जाने क्रममा स्थानीय पुरुषको घरमा पुगेपछि ती २ जनलाई नियन्त्रणमा लिइएको हो । पाल्पाका जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले ती दुई जनालाई सोधपुछका लागि ल्याईएको पुष्टि गरे ।


स्थानीयका अनुसार शवको प्रकृति हेर्दा बलात्कारका क्रममा उनले प्रतिकार गर्न खोज्दा हत्या भएको देखिन्छ ।  उनको घाँट रेटिनुका साथै औला समेत काटिएको अवस्थामा शव फेला परेको थियो । उनी स्थानीय शारदा माध्यामिक विद्यालय कक्षा १२ मा अध्ययनरत थिइन् ।

कमेन्ट गर्नुहोस्