लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दधिराम खरेल नतृत्वको संयुक्त प्यानल घोषणा,पश्चिम नेपाल बस व्यवसायीमा चुनावी रौंनक

IMG

तिलोत्तमा,२०८० चैत्र १३ गते। पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा नयाँ नेतृत्व चयनका लागि चुनावी रौंनक सुरु भएको छ । यसैबीच आशन्न निर्वाचनका लागि मँगलबार दधिराम खरेलको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल घोषणा गरिएको छ । प्रा.लि.को दोस्रो अधिवेशनमा 'जसको नीति उसको नेतृत्व' भन्ने नारासहित खरेलको नेतृत्वमा प्यानल घोषणा गरिएको हो ।


बुटवलमा एक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको संयुक्त प्यानलबाट हालका अध्यक्ष दधिराम खरेललाई प्रा.लि.को अध्यक्षमा अघि सारिएको छ । त्यस्तै प्रा.लि.को सञ्चालक समितिमा जीवन कुमार बञ्जाडे, मोहन पि.एस. रामचन्द्र खड्का, जितेन्द्र खत्री, नारायण भण्डारी, नारायणप्रसाद घिमिरे, गोपाल बहादुर पौडेल, चेत नारायण बेलबासे, रामचन्द्र भुसाल र सुरेन्द्र श्रेष्ठ उम्मेदवारी सार्वजनिक गरिएको छ । प्रा.लीको दोस्रो अधिवेशन चैत १६ र १७ गते हुँदैछ ।


प्यानल घोषणा कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार खरेलले प्रा.लि.लाई अझ सक्षम र सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । समितिबाट कम्पनीमा जाँदा धेरै ठूलो आर्थिक भार परेको अवस्थामा त्यसलाई समाधान गरेर कम्पनीलाई सक्षम बनाएको बताए । दुर्घटना न्यूनिकरण, सवारी साधनको विमा पोलिसीलाई अझ चुस्त बनाउन आफ्नो नेतृत्वको टिमले काम गर्ने सो अवसरमा उनले प्रतिबद्धता जनाए ।


उनले कम्पनीलाई गतिशिल बनाउँदै व्यवसायिको पक्षमा काम गर्न समितिकै सदस्यहरुले दिएको जिम्मेवारी पूरा गर्न अध्यक्षमा पुनः उम्मेदवारी दिएको बताए । कम्पनी सफल हुनुमा नेतृत्वकर्ताको मात्र भूमिका नहुने उल्लेख गर्दै खरेलले स्प्रीडमा काम गर्ने सक्षम नेतृत्व टिम आफूसँग रहेको बताए । व्यवसाय सञ्चालन नगर्ने तर नेतृत्वमा आउन खोज्नेहरुबाट कम्पनीले उल्लेख्य सफलता हात नपर्ने भन्दै खरेलले आफ्नो टिम व्यवसायीहरुको मात्र टिम रहेको बताए ।


संयुक्त प्यानलका चुनाव प्रचार प्रसार समितिका संयोजक कृष्णप्रसाद सापकोटाले जुझारु र युवा नेतृत्वको टिमले कम्पनीलाई गतिशिल बनाउँदै व्यवसायीको पक्षमा काम गर्ने बताए । २ दिनसम्म चल्ने अधिवेशनमा कम्पनीमा आवद्ध २ हजार २ सदस्यले मतदान गर्नेछन् ।


कमेन्ट गर्नुहोस्