लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहित दुई जना छुटे हाजिर जमानीमा

IMG

तिलोत्तमा सिटी, २०८० चैत ११ गते । कमेडी च्याम्पियनका निर्देशकसहित दुई जना हाजिर जमानीमा छुटेका छन्। शनिबार साँझदेखि उनीहरू भक्तपुरस्थित  प्रहरी वृत्त जगातीको हिरासतमा थिए। उनीहरू चढेको कार दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर सामान्य घाइते भएका निर्देशक विशाल भण्डारी र पुजन अधिकारी शनिबार हाजिर जमानीमा छुटेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। उनकाअनुसार घाइतेका परिवारसँग सहमति गरी दुवै जनालाई छाडिएको हो। गत शुक्रबार बिहान साढे ३ बजे भक्तपुरस्थित सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा कार दुर्घटना भएको थियो। बागमती प्रदेश ०१-०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई टिपरमा ठोक्किँदा ६ जना घाइते भएका थिए। 


जसमध्ये एक जना प्रतियोगी सुशान्त बस्याल गम्भीर भएका थिए। उनको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ। उनको अहिले स्वास्थ्यको सुधार भइरहेको अस्पताललाई उद्धृत गर्दै डिएसपी पाठकले बताए। कारमा सवार रजनेस अर्याल, प्रकृति गिरी र पवन भट्टराई पनि घाइते भएका थिए। मापसे गरी सवारी चलाउँदा दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको डिएसपी पाठकले बताए। कार भण्डारीले चलाएका थिए।


त्यतिबेला प्रहरीले टिपरका चालकलाई पनि नियन्त्रणमा लिएको थियो। यद्यपि उनको गल्ती नभएकाले उनलाई छाडिसकेको उनले बताए।

कमेन्ट गर्नुहोस्