लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु राईज युथ क्लब फाइनल प्रवेश गर्न सफल

IMG

तिलोत्तमा सिटी, २०८० चैत ७ गते । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ओमसतिया–१, ठुटिपिपलको आयोजनामा मंगलबारदेखि जारी ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगितामा न्यु राईज युथ क्लब, बभनीले विजयी पक्का गरेको छ । ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा आज भएको खेलमा पुरा समयमा दुवै टिमबाट १/१ गोल भएकाले खेल पेनाल्टि सुटआउटमा गएको थियो जसमा न्यु राईज युथ क्लब, बभनीले समपुर्ण युवा क्लब, सुपौलीलाई ३ का बिरुद्ध ४ गोल गर्दै विजयी भएको साथै न्यु राइज पहिलोपल्ट नवयुवा कपको फाइनलमा समेत प्रवेश गर्न सफल भएको खेल संयोजक विष्णु वराल मगरले बताए । 


नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै विभिन्न विधामा उत्कृस्ट खेलाडीले नगद सहित ट्रफी पाउनेछन् भने दैनिक म्यान अफ द म्याचले नगद १ हजार ५ सय सहित ट्रफी पाउने छन्। कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।

कमेन्ट गर्नुहोस्