
तिलोत्तमा,२०८० चैत्र ६ गते। तिलोत्तमा नगरपालिका वडा नम्बर-३ जागृति पथस्थित स्मृति बोर्डिङ् स्कुलमा यस वर्षको एसईई (माध्यमिक शिक्षा परीक्षा)मा सहभागी हुने विद्यार्थीहरुलाई शुभकामना र विदाइ कार्यक्रम सम्पन्न भएको छ ।कक्षा नौ का विद्यार्र्थीहद्धारा आयोजित उक्त कार्यक्रममा बोल्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष उमाकान्त चापागाईले विद्यार्र्थीहरुलाई लगनशील,अनुशासित र देशभक्त बन्न आग्रह गर्र्दै एसईईमा उच्च सफलताको कामना गरे । प्राचार्य हरि ज्ञवालीले वर्तमान अवस्थामा विद्यार्थीहरु थप मिहिनेती र लगनशील बन्नुपर्ने आवश्यकता रहेको बताउँदै आफ्नो विद्यालयले सदैव अनुशासन र गुणस्तरलाई महत्व दिइरहेको बताए ।
सो अवसरमा विद्यालयका उपप्राचार्य केशबहादुर गुरुङ र सञ्चालन समिति सदस्य उमापति न्यौपानेले बोल्दै विद्यार्थीहरुलाई एसईईमा उच्च सफलताको शुभकामना दिएका थिए । कक्षा नौका विद्यार्र्थी रौनक चौधरीको सभापतित्व, अर्णव पौडेल र रिया चौधरीको सञ्चालन र शिरीष विकेको स्वागत मन्तव्यमा भएको कार्यक्रममा कक्षा १० का विद्यार्थीहरु अभिषेक खडका र स्वेच्क्षा क्षेत्रीले समेत मन्तव्य राखेका थिए ।कार्यक्रममा एसई परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने कक्षा १० का विद्यार्थीहरुले विद्यालयका शिक्षक–कर्मचारीहरुलाई सम्मान गरेका थिए । कार्यक्रमपश्चात विविध सांस्कृतिक झलकहरु प्रस्तुत गरिएका थिए ।
कमेन्ट गर्नुहोस्