
नेपाल आदीबासी जनजाति महासंघकाे सम्पन्न तेस्राे नगर अधिवेशन २०८० वाट नयाँ कार्य समिति चयन भएको छ । बुधबार आदिवासि जनजाति काे भवन तिलाेत्तमा ६ कुन्जलनपुमा भएको अधिवेशनबाट अध्यक्ष पदमा गङ्गा कुमारी छन्त्याल निर्विरोध चयन हुनु भएको छ भने वरिष्ठ उपाध्यक्षमा प्रेम कनौजे मगर, महिला उपाध्यक्षमा दिलमाया गुरुङ्ग, उपाध्यक्षमा तारा गुरुङ्ग, सचिवमा धन बहादुर चौधरी, कोषाध्यक्षमा इन्दु थापा मगर सर्व सम्मत चयन हुनु भएको छ । यसैगरि सदस्यहरुमा टम बहादुर राना मगर, टीका बहादुर छन्त्याल, आशा कुमारि कुमाल, मन्जु मुखिया कुमाल र कृष्ण थारु चयन हुनु भएको छ ।
अधिवेशनकाे खुल्ला सत्रमा बाेल्दै वरिष्ठ उपाध्यक्ष चित्रलाल तुलाचनले भन्नू भयाे हामी याे देशकाे अभिभावक हाैं, अभिभावकले गर्ने व्यवाहार गर्दै सबैलाई समेटेर काम गर्नु पर्छ , र समस्याको समाधान सहित अगाडि बढ्नु पर्छ । आज गरेकाे काम भाेलि १० वर्ष पछि पाइने उपलब्धि के हुनेछ त , भन्ने मूल्य निर्धारण गरेर काम गर्न आवश्यक छ । उहाले भन्नू भयाे एजेन्डा मुख्य हुदैमा एकता हुन सक्दैन , काम गरेर मात्र एकता हुने हाे यसले नेपाल आदिवासीजनजाति लाई नै शिर्ष स्थानमा पुर्याउन मद्दत गर्छ । हामी एउटै समुदायका हाै , एउटै सन्तान हाैं, हाम्राे सपना एउटै छ । त्याे सपाना पूरा गर्नका लागि एकजुट हुन अति आवश्यक छ । चित्र प्रसाद गुरुङ ले बाेल्दै अबकाे नयाँ कार्य समिति चुस्त दुरुस्त रुपमा काम गर्नु पर्ने बताउनु भयाे।
पुर्व सल्लाहकार , लाेक वहादुर गुरुङले आफु भित्रकाे अह्मता लाई हटाउदै, अफ्ना् जिम्मेवारिलाई वाेध गरदै काम गर्दै जना सक्नु पर्नेमा जाेड दिनु भयाे । महासंघका सल्लाहकार खुम बहादुर थापाले बाेल्दै हामी आफै जाग्न जरुरि छ भन्दै मिलेर जानू पर्ने बताउनु भयाे।नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदका अध्यक्ष आशा गुरुङकाे अध्यक्षता रहेकाे कार्यक्रममा तिलाेत्तमा नगरपालिकाका उपमेयर जागेश्वर देवि चाैधरिकाे प्रमुख आतिथ्यता र नेपाल आदिवासि जनजाति महासघं जिल्ला समन्वय परिषद् अध्यक्ष चित्रलाल तुलाचनकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।
यस्तै अतिथिहरुमा समितिका सल्लाहकार छत्र दर्लामि मगर , शंकर गाहा, चित्र प्रसाद गुरुङ , वडा नं ६ का वडा अध्यक्ष गणेश पाठक, राष्ट्रिय आदिवासी जनजाति महिला महासघं तिलाेत्तमाका अध्यक्ष दिलमाया गुरुङ , तमु ह्युल छाेजधि गुरुङ राष्ट्रिय परिषद् तिलाेत्तमाका अध्यक्ष नरजंग गुरुङ , नेपाल मगर संघ तिलाेत्तमा नगर समितिका अध्यक्ष लिलमाया राना, समितिका सचिव शान्ति चिदि मगर , थारु कल्याणकारी तिलाेत्तमा नगर समितिका अध्यक्ष आशा कुमारि थारु, नेपाल छन्त्याल संघ तिलाेत्तमाका अध्यक्ष तारा प्रसाद छन्त्याल , नेपाल कुमाल समाज तिलाेत्तमाका अध्यक्ष इन्द्र कुमाल, नेपाल आदिवासी जनजाति महासंघका तिलाेत्तमा पुर्व सचिव संगिता गुरुङ , पुर्व काेषाध्यक्ष लाेक बहादुर गुरुङ , बुद्धिजीवी समाज सेवि तिलाेत्तमा ९ का आश बहादुर गुरुङ ,बुद्धिजीवी समाज सेवि तिलाेत्तमा १४ का टीका बहादुर छन्त्याल लगायत अतिथिहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा समितिका पदाधिकारी , प्रतिनिधि, पर्यवेक्षक काे उपस्थिति रहेकाे कार्यक्रमका् सन्चालन प्रेम कनाैजे मगरले गर्नु भएको थियोे । कार्यक्रममा सहयाेगि दातालाई प्रमाण पत्रले सम्मान पनि गरिएको थियोे ।
कमेन्ट गर्नुहोस्