
तिलोत्तमा,२०८० चैत्र ३ गते।लुम्बिनी फ्रेन्ड्स सर्कलले आफ्नो स्थापनाको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३० पिन्ट रगत सङ्कलन गरेको छ । रक्तदान जीवनदान भन्ने मूल नारासहितशुरु भएको सो कार्यक्रम तिलोत्तमाको नयामिलमा आयोजना गरिएको लुम्बिनी फ्रेन्ड्स सर्कलका अध्यक्ष पदम न्यौपानेले जनाएका छन् । लुम्बिनी फ्रेन्ड्स सर्कलको अथापना संग संगै जिम्मेबारी बाँडफांड गर्ने गरि आयोजना गरिएको सो कार्यक्रममा पदम न्यौपाने सर्कलको अध्यक्षको रुपमा चुनिएका छन्।
लुम्बिनी फ्रेन्ड्स सर्कल गैर–राजनितिक सामाजिक विकासमा सक्रिय संस्थाको रुपमा अघि बढ्ने अध्यक्ष न्यौपानेले बताए । समाजमा रगत अभावले कसैको ज्यान नगुमोस भन्ने उदेश्यका साथ् सो कार्यक्रमको आयोजना शुरुमै गरेको अध्यक्ष न्यौपानेले बताए।सो अवसरमा सामाजिक सेवामा अग्रसर हुन शुभकामना दिंदै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण , अर्जुन भुसाल लगायतले बोल्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।
कमेन्ट गर्नुहोस्