लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा ५ मा मन्टेश्वरी शिक्षक तालिम सम्पन्न, ३९ जना दिक्षित

IMG

तिलोत्तमा, २०८० चैत्र २। तिलोत्तमा नगरपालिका वडा नम्बर ५ को आयोजना तथा एस बी भोकेसनल ट्रेनिङ्ग इन्ष्टिच्युटको प्राबिधिक सहयोगमा मंंसिर ३० गतेदेखि शुरु भएको मन्टेश्वरी शिक्षक तालिम सम्पन्न भएको छ । तिलोत्तमा–५ स्थित सरस्वति पन्चायतन मन्दिर बैदिकाश्रमको सभाहलमा सम्पन्न तालिममा वडाभित्रका ३९ जना महिलाहरु दिक्षित भएका छन ।


तिलोत्तमा वडा नम्बर ५ का अध्यक्ष रमेश डुम्रेको अध्यक्षता रहेको तालिम समापन कार्यक्रममा बोल्दै तालिमका मुख्य प्रशिक्षक एवं एस बि भोकेसनल ट्रेनिङ्ग इन्ष्टिच्युटका संचालिका सुनिता कार्कीले स्वरोजगार एवं सिपयुक्त महिला जनशक्ति उत्पादनका लागि तालिम फलदायी साबित हुने बताइन । सो अवसरमा बोल्दै कार्यक्रमका अध्यक्ष रमेश डुम्रेले महिलाहरु अब सिपसंगै आत्मनिर्भरता र स्वरोजगार बन्नुपर्छ भन्ने हेतुले तालिमको आयोजना गरिएको बताए । उनले तालिम सिकेर मात्रै रोजगार पाउने भन्ने नभई तालिमपछि आफुलाई उत्पादनसंग जोड्नुपर्ने र राज्यले पनि प्रभावकारी निति बनाएर मन्टेश्वरी बिधिलाई देशैभरि लागु गर्नुपर्ने आवस्यकता औल्याए ।


कार्यक्रममा बोल्दै वडा सदस्य हरि पन्तले तालिम समापनसंगै दिक्षित भएकाहरुलाई वडा तथा नगरक्षेत्र भित्र रहेका मन्टेश्वरी बिद्यालयहरुसंग सहकार्य गरि जागिर लगायतका कर्महरुमा जोड्न प्रयास गरिने बताए । टोल बिकाश सस्थाको तर्फबाट शान्ति टोलविकाश संस्थाका अध्यक्ष हरि पाण्डे तथा हरियाली टोल विकाश संस्थाका अध्यक्ष बिमला अर्याल लगायतले मन्तब्य दिएको कार्यक्रममा निशुल्क जुनियर डिप्लोमा मन्टेश्वरी तालिममा दिक्षित भएकाहरुलाई अध्यक्ष लगायतले सम्मान तथा प्रमाणपत्र वितरण गरेका थिए ।


कमेन्ट गर्नुहोस्