लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

व्यापार संघमा फेन्सी वस्तुगत उपसमिति गठन

IMG

बुटवल, चैत्र १ गते । रुपन्देही व्यापार संघमा आवद्ध फेन्सी थोक तथा फेन्सी खुद्रा व्यवसायीहरुको वृहत भेलाले बिहिबार वस्तुगत उपसमिति पूर्नगठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले विजय ज्ञवालीको संयोजकत्वमा १५ सदस्यीय फेन्सी थोक  वस्तुगत उपसमिति र भेषराज सापकोटा (राजु) को संयोजकत्वमा ९ सदस्यीय फेन्सी खुद्रा वस्तुगत उपसमिति गठन गरेको हो । फेन्सी थोक वस्तुगत उपसमितिको सह–संयोजकमा विष्णु भण्डारी, सचिवमा भरत पाण्डे, कोषाध्यक्षमा वेगप्रसाद पाण्डे, सह–सचिवमा विष्णुप्रसाद पौडेल रहनुभएको छ । यस्तै सदस्यहरुमा रेशमचन्द्र भण्डारी, रामु गोदार, सन्तोष थापा, सवि खनाल, रेशमलाल भट्टराई, केशव खनाल, गोपाल ज्ञवाली, बिरन बस्नेत, लक्ष्मी ज्ञवाली, लक्ष्मण गिरी र सल्लाहकारमा खुमानन्द खनाल, भरत के.सी., बालकृष्ण बस्याल, दिपकनारायण श्रेष्ठ, केशव ज्ञवाली, पदम थापा, धु्रर्व ज्ञवाली रहनुभएको छ ।


यस्तै विहिबार फेन्सी खुद्रा वस्तुगत उपसमितिको सह–संयोजकमा हरिप्रसाद ज्ञवाली, सचिवमा पिताम्बर भट्टराई, कोषाध्यक्षमा डोरप्रसाद पोखरेल, सह–सचिवमा कल्पना ज्ञवाली रहनुभएको छ । यस्तै सदस्यहरुमा गणेश के.सी., बिमल खनाल, विनोदकुमार वर्नवाल, इश्वरी भट्टराई एवं सल्लाहकारहरुमा युवराज पन्थ र पिताम्बर अर्याल रहनुभएको छ ।भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालले उपसमितिहरुले रुपन्देही व्यापार संघको पिल्लरको रुपमा जिम्मेवारी वहन गर्न अनुरोध गर्दे व्यवसायीहरुको समस्याहरुको बारेमा उपसमितिले पहिचान गर्न पहल गर्ने र त्यसको समाधान गरेर व्यवसाय विस्तारमा व्यवसायीहरुको सहयोगी बन्न आग्रह गर्नु भयो ।


भेलामा संघका प्रथम उपाध्यक्ष दयानिधि भण्डारी, द्वितिय उपाध्यक्ष प्रेमनाथ पाण्डे, महासचिव फर्सुराम पन्त, कोषाध्यक्ष मनिराम खनाल (मणि), सह सचिव प्रकाशराज पौडेल, सह–कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, कार्यसमिति सदस्य माधव ज्ञवाली र निर्वतमान कार्यसमिति सदस्य बालकृष्ण बस्यालगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा बताउनुभएको थियो । कार्यक्रम संघका कार्यसमिति सदस्य जिवलाल पौडेलको अध्यक्षता र गोकर्णराज गिरीको संचालनमा सम्पन्न भएको थियो । 


कमेन्ट गर्नुहोस्