लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मणिग्रामको M4 मा १ सयमै खाना र चिकेनको परिकार

IMG

तिलोत्तमा, फागुन ३० गते २०८०। रुपन्देही स्थित तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकदेखि ५० मिटर पश्चिम रहेको M4  फेमली तन्दुरी रेस्टुरेन्टले चैत्र १ गतेदेखि १ सय रुपैयामै खाना खुवाउने भएको छ। खानाको दररेट सार्बजनिक गर्दै रेष्टुरेन्टले सादा (भेज) खाना १ सय, मटन खाना १ सय ७०, चिकेन खाना १ सय ५०, माछा खाना १ सय ५० मा उपलब्ध गराएको छ। 


रेस्टुरेन्टका संचालक माधव अर्यालका अनुसार ताजा,अर्गानिक र बिशेष परिकार सहितको खाना सेट तयार गरी नयाँ तरिकाले अघि बढ्ने गरि यो योजना ल्याइएको बताउनुभयो। बिगत १० बर्षदेखि मणिग्राममा रेस्टुरेन्ट खाजा घर संचालन गर्दै आएका माधवले स्थानिय क्याम्पसमा अध्ययन गर्ने बिद्यार्थी, विभिन्न कार्यालयमा कार्यरत कर्मचारी, मजदुर, व्यापारी लगायतका लाई समयमा खाना पकाउन जान आउन नभ्याउने कुरालाई मध्येनजर गर्दै यस्तो अफर ल्याएको बताउनुभयो। आफ्नी श्रीमती मन्जु अर्यालसंगै रेस्टुरेन्ट चलेका उहाँले बिशेष सुबिधा सहित बिहान ९ बजेदेखि १ बजेसम्म र साँझ ६ बजेदेखि ८ बजेसम्म खाना सेवा सुचारु गरिने बताउनुभयो। त्यस्तै दिउसोको समयमा खाजाका परिकार समेत उपलब्ध गराइने गरि तयार रहेको उहाँले बताउनुभयो। 


त्यस्तै रेस्टुरेन्टले चिकेन बिरयानी,चिकेन ललिपप, चिकेन चिल्ली,चिकेन रोल,चिकेन सेकुवा लगायतका चिकेन आइटमलाई १ सय रुपैयामै प्लेट उपलब्ध गराउने भएको छ। आफ्नो यो योजना चैत्र १ गतेदेखि लागु हुनेगरि अगाडी बढाइएको संचालक अर्याले बताउनुभयो। 

कमेन्ट गर्नुहोस्